+
+
Shares

शून्य दिन खरिद नीति कार्यान्वयन गर्न बाँकी खरिद तत्काल अघि बढाउने निर्णय

सबै मन्त्रालय तथा निकायले सचिव बैठकले गरेका निर्णय कार्यान्वयन उच्च प्राथमिकता दिई कार्यान्वयन प्रगति विवरण हरेक महिना २७ गतेभित्र प्रधानमन्त्री कार्यालयमा अनिवार्य पठाउने निर्णय भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १९:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले शून्य दिन खरिद नीति अपनाउने घोषणा गरे पनि कतिपय निकायले चालु आवको पहिलो महिना सकिँदा पनि खरिद प्रक्रिया सम्पन्न गरेका छैनन्।
  • सोमबारको सचिव बैठकले खरिद प्रक्रिया सुरु नभएका कार्यक्रम र आयोजनामा सम्बन्धित मन्त्रालय र निकायलाई तत्काल सार्वजनिक खरिद अघि बढाउन निर्णय गरेको छ।
  • बैठकले सबै मन्त्रालय र निकायलाई हरेक महिना २७ गतेभित्र कार्यान्वयन प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनिवार्य पठाउन निर्देशन दिएको छ।

२ भदौ, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा शून्य दिन खरिद नीति अपनाउने घोषणा भएको थियो । तर, कतिपय निकायले चालु आव पहिलो महिना सम्पन्न भइसक्दा पनि खरिद प्रक्रिया सम्पन्न गरेका छैनन् ।

बजेट कार्यान्वयन पहिलो महिनाको तथ्यांकले समेत त्यसको संकेत गरेको छ । यसै सन्दर्भमा सोमबार बसेको सचिव बैठकले हालसम्म खरिद प्रक्रिया प्रारम्भ नभएका कार्यक्रम/आयोजनाको सम्बन्धित मन्त्रालय र निकायबाट तत्काल सार्वजनिक खरिद प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सोमबारको बैठकमा गत सचिव बैठकका निर्णय कार्यान्वयनको प्रगति समीक्षा भएको छ ।

सबै मन्त्रालय तथा निकायले सचिव बैठकले गरेका निर्णय कार्यान्वयन उच्च प्राथमिकता दिई कार्यान्वयन प्रगति विवरण हरेक महिना २७ गतेभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनिवार्य पठाउने निर्णय बैठकले गरेको छ ।

बैठकमा २०८२/८३ को मन्त्रालयगत/निकायगत कार्ययोजना तथा माइलस्टोन कार्यान्वयनको वार्षिक प्रगति समीक्षा समेत गरिएको छ । सबै मन्त्रालय तथा निकायले चालु आवको कार्ययोजनाका क्रियाकलाप र माइलस्टोनलाई तोकिएको समय भित्रै सम्पन्न गर्ने व्यवस्था मिलाउने निर्णय समेत सचिव बैठकले गरेको छ ।

सबै मन्त्रालयलाई उपलब्ध गराइएको नागरिकले अनुमति गर्ने तत्काल सुधार गर्नुपर्ने विषय क्षेत्रका अवधारणापत्रलाई आवश्यकता अनुसार परिमार्जन गरी यथाशीघ्र कार्यान्वयन गर्ने र कार्यान्वयन प्रगति विवरण नियमित रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने निर्णय समेत सचिव बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?