+
+
Shares

हङकङ चुम्लुङमा पन्धाक र इङ्नाम अध्यक्षमा चयन

लिम्बू समुदायको साझा जातीय सांस्कृतिक संस्था चुम्लुङले कार्यकारी अध्यक्षमा लक्ष्मी पन्धाक र दोस्रो वरीयताको अध्यक्षामा श्याम इङ्नामलाई निर्विरोध चयन गरेको हो। 

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १९:२४

२ भदौ, सुनसरी । हङकङको याउ मा ताई कम्यूनिकेशन सेन्टरमा सम्पन्न किरात याक्थुङ चुम्लुङ हङकङको १४औं अधिवेशनले मंगलबार दुइ अध्यक्ष चयन गरेको छ । लिम्बू समुदायको साझा जातीय सांस्कृतिक संस्था चुम्लुङले कार्यकारी अध्यक्षमा लक्ष्मी पन्धाक र दोस्रो वरीयताको अध्यक्षामा श्याम इङ्नामलाई निर्विरोध चयन गरेको हो।

निवर्तमान अध्यक्ष शमशेर तुम्बाहाङफेका अनुसार याउ मा ताई स्थित चुम्लुङ हिममा घोषित नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा खगेन्द्र लाओती, बाँकी दुई उपाध्यक्षमा रुबि मादेन र मनिता साँबा, महासचिवमा मौसम इम्बुङ, सचिवमा रामकुमारी हाङ्स्रोङ, कोषाध्यक्षमा रबिन कुमार नाल्बो र सहकोषाध्यक्षमा भक्तराज वनेम चयन गरिएको छ।

चुम्लुङ्ले पहिलो वरीयतामा श्यामकुमार इङ्नामलाई पहिलो अध्यक्ष र दोस्रो अध्यक्षमा लक्ष्मी पंधाकलाई मानेको भए पनि पहिलो १८ महिनासम्म कार्यकारी अध्यक्षको रुपमा पंधाक नै रहने र बाँकी कार्यकाल इङ्नामले चलाउने सहमति भएको छ ।

हङकङमा बसोबास गर्ने १० हजार बढी याक्थुङ लिम्बू समृदायको नेतृत्व गर्दै आएको चुम्लुङको उक्त अधिवेशनले हाङ चेम्जोङ, माया खापुङ, धन कुमारी मेन्याङ्बो, हेमराज अङ्छङ्बो, लोकेन्द्र हुक्पा चोङबाङ , भीम तुम्बाहाम्फे, दिलु थेबे, वसन्त आङबुहाङ, चेन्द्र मोराहाङ र सुदिप थक्लुङ लिम्बूलाई सदस्यमा चयन गरेको छ। चुम्लुङले हङकङमा रहेका याक्थुङ लिम्बू समुदायको हितमा लोक कल्याणकारी काम गर्दै भाषा, सिरिजङ्गा लिपि संरक्षणमा योगदान दिदै आएको छ।

नव निर्वाचित अध्यक्ष श्याम इङ्नामले बदलिदो परिस्थितिमा हङकङ चुम्लुङले अन्य सामुदायिक संस्थाहरु संग पनि सद्भावपूर्ण सम्बन्ध कायम राख्दै सामाजिक, सांस्कृतिक क्षेत्रमा योगदान थप्ने बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?