२ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।
मंगलबार साँझ सार्वजनिक कार्यतालिकाअनुसार गाउँ-नगरको वडा अधिवेशनको मिति भदौ २४ गते तोकिएको छ ।
कांग्रेसको विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशन वडा अधिवेशन मानिन्छ । वडा अधिवेशनबाट चुनिने क्षेत्रीय प्रतिनिधि नै पालिका, प्रदेश निर्वाचन क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशनका प्रतिनिधि हुन्छन् ।
सार्वजनिक कार्यतालिका अनुसार नेपाली जनसम्पर्क समितिका अधिवेशन भदौ मसान्तभित्र, गाउँ–नगर अधिवेशन भदौ २७ गते पालिका अधिवेशन, भदौ ३१ गते प्रदेशसभा क्षेत्रीय अधिवेशनको मिति तोकिएको छ ।
यस्तै असोज ३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र रहेका जिल्लाको जिल्ला अधिवेशन तय गरिएको छ ।
यस्तै, असोज ७ गते जिल्ला अधिवेशन, असोज १९ गते प्रदेश अधिवेशन र असोज १६, १७, १८ र १९ गते केन्द्रीय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको छ ।
यस्तो छ, कार्यतालिका :


प्रतिक्रिया 4