+
+
Shares

प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता

प्रधामन्त्री बालेन शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १७:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षका मुख्य काम र उपलब्धिका लागि आज कार्यसम्पादन सम्झौता गरेका छन्।
  • सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरूले सम्झौतामा हस्ताक्षर र प्रति आदानप्रदान गरेका छन्।
  • मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि आज प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका छन्।

३ भदौ, काठमाडौं । प्रधामन्त्री बालेन शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन्। चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि मन्त्रीहरूले प्रधानमन्त्री शाहले कार्यसम्पादन सम्झौता गरेका हुन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्रीहरुले प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरेका छन्।

उनीहरूसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

आजै प्रधानमन्त्रीसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?