+
+
Shares

भैरहवाबाट घाइते बोकेर आएको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

सो क्षेत्रको मौसममा खराबी भएपछि हेलिकप्टर आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भैरहवाबाट सवारी दुर्घटनाका घाइते बोकेर काठमाडौं आउँदै गरेको हेलिकप्टर मौसम खराबीपछि धादिङको गजुरी गाउँपालिका–५ मा आकस्मिक अवतरण भएको छ।
  • जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार वडा कार्यालय छेउमा सुरक्षासहित अवतरण गरिएको हेलिकप्टर मौसम सुधार भएपछि पुनः काठमाडौं पठाइनेछ।

३ भदौ, काठमाडौं । भैरहवाबाट सवारी दुर्घटनामा परेका घाइते बोकेर काठमाडौंतर्फ आइरहेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, गजुरी गाउँपालिका–५ स्थित वडा कार्यालय छेउमा सुरक्षासहित हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो ।

सो क्षेत्रको मौसममा खराबी भएपछि हेलिकप्टर आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ ।

हेलिकप्टरमा सवारी दुर्घटनाबाट घाइते भएका बिरामीलाई काठमाडौं ल्याइँदै थियो ।

मौसम सुधार भएपछि हेलिकप्टर पुन: काठमाडौंतर्फ नै पठाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?