३ भदौ, काठमाडौं । परम्परागत नेपाली ऊनको फेल्टिङलाई समकालीन कलाको रूपमा प्रस्तुत गर्दै ८ कलाकार सम्लिमित ‘सुसम्झना: फेल्टिङ मेरोजिज अफ कल्चर’ नामक कला प्रदर्शनी हुनेभएको छ । सफल श्रेष्ठले क्युरेट गर्ने यो प्रदर्शनी स्वयम्भुमा अवस्थित सर्वश्रेष्ठ ग्यालरीमा हुने भएको हो ।
यो प्रदर्शनी फेल्ट फ्युचर्स: अ डिजाइन फेलोसिपको समापनको रूपमा हुन लागेको हो । यसमा महिला नेतृत्वको सामाजिक उद्यम फेल्ट दि वे, काठमाडौं विश्वविद्यालयको कला विभाग र सर्वश्रेष्ठ ग्यालेरीको सहआयोजना हुनेछ ।
प्रदर्शनीमा निलम राई, पर्सिस राई, प्रभा नापित, राजश्री श्रेष्ठ, सपना सञ्जीवनी, सफल श्रेष्ठ, सोना ल्हामु तामाङ र सुमनिता बज्रचार्यको कला राखिने छ।
प्रदर्शनीमा आउने दर्शकले उनीहरूले काँचो ऊनबाट बनाएका विभिन्न सामग्रीको अवलोकन गर्न सक्ने छन् । यस प्रदर्शनीमा राखिएका सम्पूर्ण कलाकृतिहरू सत्प्राकृतिक र जैविक रूपमा नष्ट हुने नेपाली ऊनबाट मात्र निर्माण गरिएको बताइएको छ ।
प्रतिक्रिया 4