+
+
Shares

बालश्रमसम्बन्धी विधेयकमा कुनै विरोधाभास छैन : मन्त्री यादव

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १९:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रममन्त्री रामजी यादवले प्रतिनिधि सभामा बालश्रम विधेयकमा कुनै विरोधाभास नरहेको र जोखिमयुक्त काम पूर्ण रूपमा निषेध गरिएको बताए ।
  • उनले १३ वर्ष पुगेका बालबालिकालाई कडा सर्तमा विद्यालय समयबाहेक सामान्य काम गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको जानकारी दिए ।
  • विधेयक सभामा पेश भएपछि अब त्यसमा संशोधन प्रस्ताव दर्ता गर्ने प्रक्रिया खुला भएको छ ।

३ भदौ, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रम सम्बन्धी विधेयकमा कुनैपनि किसिमको विरोधाभास नरहेको स्पष्ट पारेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा मन्त्री यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रश्तावमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफमा यस्तो बताएका हुन् ।

विधेयकका प्रावधानबारे प्रष्ट पार्दै उनले जोखिमयुक्त र शोषणमूलक कार्यलाई पूर्ण रूपमा निषेध गरिएको र बालबालिकालाई नकारात्मक असर नपुर्‍याउने सुरक्षित प्रकृतिका कार्यहरूलाई मात्र नियमन गरिएको जानकारी दिए ।

उनका अनुसार यो अभ्यास विश्वव्यापी मान्यतामा आधारित रहेको छ ।

प्रश्तावित विधेयकमा १३ वर्ष उमेर पूरा भएका बालबालिकाले कडा सर्तहरूको अधीनमा रही विद्यालय समयबाहेक (अघि र पछि) सामान्य काम गर्न पाउने व्यवस्था गरिएको छ ।

‘विधेयकमा कुनै विरोभाभास नरहेको कुरामा म स्पष्ट पार्न चाहन्छु । जोखिमयुक्त र शोषणमूलक कार्यलाई पूर्ण रुपमा निषेध गरिएको छ । जबकी बालबालिकालाई नकारात्मक असर नपुर्याउने सुरक्षित प्रकृतिका कार्यलाई मात्र नियमन गरिएको हो,’ उनले भने, ‘यो अभ्यासलाई विश्वव्यापी रुपमा समेत अवलम्वन गरिएको मान्यता हो । सोहीबमोजिम १३ वर्ष उमेर पुगेपछि कडा शर्तसहित विद्यालय अघि र पछिको समयमा हुलका काम गर्न पाउने व्यवस्था गरिएको छ ।’

विधेयक सभामा पेश भएसँगै अब यसमाथि संशोधन प्रश्ताव दर्ता गराउने प्रक्रिया समेत खुला भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?