+
+
Shares

सेक्युरिटी प्रेस खरिद प्रकरणको उजुरी अख्तियारको विस्तृत अनुसन्धानमा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते १२:०२

४ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिद गर्दा ७० करोड कमिसनको मोलमोलाई गरेको भन्ने उजुरी विस्तृत अनुसन्धानमा रहेको जनाएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारले यसबारे जानकारी दिएको हो । अख्तियारको कामकारबाहीबारे जानकारी दिनेक्रममा आयोगका निमित्त सचीव पद्‍मा मैनालीले यसबारे जानकारी दिएका हुन ।

यसमा तत्कालीन संचारमन्त्री गोकुल बास्कोटा आरोपित छन् । पूर्वमन्त्री गोकुल बाँस्कोटासमेत जोडिएको सुरक्षण मुद्रण प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसनको मोलमोलाइ गरेको आरोपसहित उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको थियो।

२०७६ फागुनमा सार्वजनिक भएको अडियोमा बास्कोटा र सुरक्षण मुद्रण प्रेसका लागि स्वीस कम्पनीका नेपाल एजेन्ट विजयप्रकाश मिश्रबीच खरिद लागत र त्यसबाट आउने कमिसनबारे कुराकानी भएको थियो ।

अडियो सार्वजनिक भएपछि बास्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि अख्तियारमा उजुरी परेको थियो र आयोगले उक्त विषयमा अनुसन्धान अघि बढाएको बताएको थियो ।

२०८० मा अख्तियारका तत्कालीन प्रमुख आयुक्त प्रेमकुमार राईले समेत संसद्को सार्वजनिक लेखा समितिमा सुरक्षण मुद्रण प्रेससम्बन्धी ७० करोडको टेप प्रकरणको अनुसन्धान भइरहेको बताएका थिए।

बिहीबार पनि आयोगले राज्य व्यवस्था समितिमा सेक्युरिटी प्रेस खरिद गर्दा ७० करोड कमिसनको मोलमोलाई गरेको भन्ने उजुरी विस्तृत अनुसन्धानमा रहेको बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?