News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद इन्दिरा रानामगरले बालबालिका र लक्षित वर्गको संरक्षणमा सरकारले प्रत्यक्ष जिम्मेवारी लिनुपर्ने बताइन् ।
- उनले एनजीओले राज्यको जिम्मेवारीसमेत बहन गरिरहेको भन्दै दोष दिनुभन्दा सहकार्य र नियमित अनुगमन आवश्यक रहेको बताइन् ।
- उनले समाज कल्याण मन्त्रालयका स्रोतको प्रभावकारी उपयोग र कर्णालीलगायत दुर्गम क्षेत्रमा जाने रकमको पारदर्शी अनुगमन गर्नुपर्ने बताइन् ।
४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले गैरसरकारी संस्था (एनजीओ) लाई दोष दिनुभन्दा सरकारले बालबालिका तथा लक्षित वर्गको संरक्षणमा प्रत्यक्ष जिम्मेवारी लिनुपर्ने बताएकी छन्।
बिहीबार बसेको सार्वजानिक लेखा समितिको बैठकमा उनले एनजीओ तथा नागरिक समाजले राज्यको जिम्मेवारीसमेत बहन गरिरहेको बताएकी छन् ।
उनले अरूलाई दोष दिनुभन्दा पहिला सरकारले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताइन् ।
उनले एनजीओ तथा आईएनजट्ओठले सरकारले गर्न नसकेका कामहरू गरिरहेको दाबी गरिन् ।
राम्रा काम गर्ने एनजीओलाई नियन्त्रणभन्दा पनि सहकार्य र नियमित अनुगमन आवश्यक रहेको उनको भनाइ छ ।
उनले एनजीओले प्राप्त गर्ने रकमको पारदर्शिता र अनुगमन आवश्यक रहेको बताइन् ।
उनले समाज कल्याण मन्त्रालयको सम्पत्ति तथा स्रोतको प्रभावकारी उपयोग हुन नसकेको बताइन् ।
उनले भनिन्, ‘हामीलाई अरूलाई दोष दिन त आउँछ । तर जिम्मेवारी कति लिएका छौँ, भन्ने कुरा ठूलो हो । संविधानले दिएको अधिकार प्रयोग गरेर आईएनजीओ, एनजीओले काम गरिरहेको छ । एनजीओमा ३५ वर्ष काम गर्ने मान्छे पनि म नै हो, अरूलाई दोष दिनुभन्दा पहिला गभर्मेन्टले जिम्मेवारी लिनु पर्यो ।’
उनले थपे, ‘हामीले बायस गर्नु हुँदैन । प्राइभेट सेक्टर र एनजीओ, सिभिल सोसाइटीले गर्दा नै अहिले यो देश थामिएको छ ।’
उनले कर्णाली लगायत दुर्गम क्षेत्रमा जाने सरकारी तथा अन्य स्रोतको रकमको प्रभावकारी अनुगमन गर्नुपर्ने बताइन् ।
प्रतिक्रिया 4