+
+
Shares

धवलशमशेरको राजनीतिक कार्यपत्रः समाजका अगुवाहरुकै कारणले नैतिकता स्खलित भयो

निर्वाचन आयोगमा दल दर्तापछि पहिलोपटक बसेको केन्द्रीय समिति बैकमा सभापति राणाले राष्ट्रियताको जग सुदृढ गरी आर्थिक समुन्नतिको बाटो तय गर्ने दायित्व जनेपालाई आइपुगेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते १३:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवगठित जय नेपाल पार्टीका सभापति धवलशम्सेर राणाले दल दर्तापछि पहिलो केन्द्रीय समिति बैठकमा राष्ट्रियताको जग सुदृढ गरी आर्थिक समुन्नतिको बाटो तय गर्ने दायित्व जनेपालाई आएको बताए ।
  • राणाले जनेपा शान्तिपूर्ण राजनीतिमा विश्वास राख्ने प्रजातान्त्रिक पार्टी भएको र संवैधानिक राजसंस्थाप्रति प्रतिवद्ध रहेको उल्लेख गरे ।
  • राजनीतिक कार्यपत्रमा जनेपाले नेपाललाई हिन्दु, बौद्ध, किराँतसहितको सनातन अधिराज्य बनाउने र संवैधानिक राजसंस्था पुनःस्थापना गर्ने नीति राखेको छ ।

४ भदौ, काठमाडौं । नवगगठित जय नेपाल पार्टी (जनेपा) का सभापति डा. धवलशम्सेर राणाले समाजका अगुवाहरूकै व्यवहारमा स्वार्थ हावी भएपछि, नैतिकता र वचनबद्धता स्खलित हुन पुगेको बताएका छन् ।

निर्वाचन आयोगमा दल दर्तापछि पहिलोपटक बसेको केन्द्रीय समिति बैकमा सभापति राणाले राष्ट्रियताको जग सुदृढ गरी आर्थिक समुन्नतिको बाटो तय गर्ने दायित्व जनेपालाई आइपुगेको बताए ।

बैठकमा पेश गरिएको राजनीतिक कार्यपत्रमा जनेपा शान्तिपूर्ण राजनीतिमा विश्वास राख्ने प्रजातान्त्रिक पार्टी भएको उल्लेख गरेका छन् ।

जनेपा सनातन धर्म, संवैधानिक राजसंस्थाप्रति प्रतिवद्ध रहेको उल्लेख गरेका राणाले नेपाललाई हिन्दु, बौद्ध, किराँतसहितको सनातन अधिराज्य बनाउने पार्टी उद्धेश्य रहेको बताए । राष्ट्र रक्षकको भूमिकामा रहने गरि संवैधानिक राजसंस्थाको पुनःस्थापना गर्ने पार्टी नीति रहेको राजनीतिक कार्यपत्रमा राणाले लेखेका छन् ।

राणा नेतृत्वको पार्टीका प्राथमिकता र प्रतिवद्धताहरुः

१) ‘नेपाल पहिलो’ भन्ने राष्ट्रियमान्यता र सनातन सभ्यता राष्ट्रिय गौरवका आधारशिला हुन् ।

२) नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान, इतिहास, सभ्यता, संस्कृति, परम्परा र राष्ट्रिय एकताको संरक्षण, संवद्र्धन र प्रवर्द्धन गर्न हामीप्रतिबद्ध छौं ।

३) राष्ट्रियता, देशभक्ति, राष्ट्रवाद, प्रजातन्त्र, उदारवाद,उत्पादनमुखी प्रतिस्पर्धात्मक मिश्रित अर्थतन्त्रमा आधारित जनकल्याणकारी राज्यशान्ति र समृद्धिका आधार हुन् ।

४) संवैधानिक राजसंस्थासहितको प्रजातान्त्रिक शासन प्रणालीमा हिन्दु बौद्ध किराँत सहितको सनातन अधिराज्यपुनःस्थापना गर्न दृढसंकल्पित छौं ।

५) नेपालको राष्ट्रियहित, राष्ट्रिय सुरक्षा, असंलग्न परराष्ट्र नीतितथाविश्वशान्तिप्रतिको प्रतिबद्धता सुदृढ गर्दै सम्मानित अन्तर्राष्ट्रिय सम्बन्धविकास गर्ने हाम्रो लक्ष्य हो ।

६) विज्ञान, नवप्रवर्तन, प्रविधिविकास, डिजिटल सुशासन तथा ज्ञानमा आधारित अर्थतन्त्रको प्रवर्द्धन गर्दै सार्वजनिक सेवाप्रवाहलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउनेछौं ।

७) भ्रष्टाचार, दण्डहीनता, गरिबी, विभेद, अपराधीकरण र सबै प्रकारका अन्यायन्यूनीकरणगर्दैअवसरसम्पन्न, रोजगारमुखी, स्थिर, समृद्ध र आत्मनिर्भर नेपालनिर्माणमा योगदान पुर्‍याउन संकल्पित छौं ।

८) नेपालको संस्कृति, परम्परा, सनातन सभ्यता, सहिष्णुता, परम्परागतज्ञान, नैतिकमान्यताको संरक्षण, संवद्र्धन तथा पुस्तान्तरणगर्दै नयाँ पुस्तातथाभावी पुस्तामा सभ्यतागतविरासत सुरक्षित हस्तान्तरण गर्ने हाम्रो अठोट हो ।

९) जल, जमिन, जंगल, जडीबुटी, उद्योग, कृषि, पर्यटनमालगानी र विकास गरी आर्थिक समृद्धितथा रोजगारी सिर्जना गर्न हामीक्रियाशील रहनेछौं ।

१०) निःशुल्क गुणस्तरीय शिक्षा, स्वास्थ्य, सीप विकासबाटयुवाहरूलाई शिक्षा र विकासको अवसर प्रदान गर्न प्रतिबद्ध छौं ।

११) युवाको नेतृत्व, महिला सशक्तीकरण, उद्यमशीलता, सीप, अनुसन्धान, सिर्जनशीलतातथा राष्ट्रियविकासमा अर्थपूर्ण सहभागिता प्रबर्द्धन गर्न संकल्पित छौं ।

१२) वातावरण संरक्षण, प्राकृतिक स्रोतको दिगो उपयोग तथाजलवायु उत्तरदायीविकासमार्फत वर्तमान तथा भावी पुस्ताप्रति राष्ट्रिय दायित्व निर्वाह गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?