+
+
Shares

गरिमालाई न्याय माग गर्दै काठमाडौंमा पनि प्रदर्शन (तस्वीरहरू)

‘गरिमा चौधरीलाई न्याय दे, ११८ महिला प्रतिनिधिहरू मुर्दावाद, महिला बालबालिका आयोग कहाँ छ ?, बलात्कारीलाई फाँसी दे,’ लगायतका प्लेकार्ड बोकेर माइतीघरमा उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ भदौ ४ गते १५:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको हत्याविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ।
  • जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका निजी र सामुदायिक विद्यालयले बिहीबार शोक सभा गरेर विद्यालय बन्द गरेका छन्।
  • प्रहरीले समयमै ध्यान नदिएकाले बालिकाको हत्या भएको भन्दै स्थानीयले बुधबारदेखि आन्दोलन जारी राखेका छन् र ग्रामीण सडकमा टायर बालिरहेका छन्।

४ भदौ, काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा काठमाडौंमा माइतीघरमा पनि प्रदर्शन भएको छ ।

‘गरिमा चौधरीलाई न्याय दे, ११८ महिला प्रतिनिधिहरू मुर्दावाद, महिला बालबालिका आयोग कहाँ छ ?, बलात्कारीलाई फाँसी दे,’ लगायतका प्लेकार्ड बोकेर माइतीघरमा उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

बालिका हत्याको विरोधमा जीतपुरसिमरा उपमहानगरपालिका भित्रका नीजि तथा सामुदायिक विद्यालयहरूले बिहीबार शोक सभा गरेर विद्यालय बन्द समेत भएको छ ।

सिमरामा अहिले पनि प्रदर्शन चलिरहेको छ ।

प्रहरीले समयमै ध्यान नदिएकाले बालिकाको हत्या भएको भन्दै बुधबारदेखिको आन्दोलनलाई आज पनि जारी राखेका हुन् ।

आन्दोलित स्थानीयले बिहीबार बिहानैदेखि उपमहानगरपालिका भित्रका ग्रामीण सडकहरूमा समेत टायर बालेर प्रदर्शन गरिरहेका छन् । यसअघि बुधबार दिउँसोबाट बन्द रहेको वीरगञ्ज–पथलैया सडक खण्डमा यातायात चल्न सकेको छैन ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?