४ भदौ, काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष डा. विजयकुमार पौडेल पक्राउ परेका छन् ।
पौडेललाई चेक बाउन्सको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए । उनका अनुसार पौडेलविरुद्ध डेढ लाखको चेक बाउन्सको उजुरी प्रहरी वृत्त सिंहदरबारमा परेको थियो ।
उनलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । उनी एमाले पार्टीमा रहँदा सांसद समेत भएका थिए । पछिल्लो समय नेकपा एकीकृत समाजवादीमा रहँदै आएका उनी माओवादीसँग एकीकरणको विषयमा विमति राख्दै त्यता लागेका थिएनन् । त्यसपछि उनी राजनीतिक रुपमा सक्रिय थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4