काठमाडौं । रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्।
युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ।
युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ।
यस हमलाबाट एउटा बालबालिकाको अस्पताल र विद्यालयमा पनि क्षति पुगेको छ।
एयर डिफेन्स मिसाइलको कमीका कारण यी मृत्युहरू भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। युक्रेन आफ्नो एयर डिफेन्सका लागि पश्चिमी देशहरूबाट मिल्ने मिसाइलहरूमा निर्भर छ।
कीएभका मेयर भिताली क्लित्स्कोले एक क्षतिग्रस्त अपार्टमेन्ट ब्लक बाहिर बीबीसी न्युजसँग कुरा गर्दै भने, ‘युक्रेनलाई गोला-बारुद र मिसाइल प्रतिरोधी सिस्टमको आवश्यकता छ। हामीलाई हाम्रा सहयोगीहरूको समर्थनको आवश्यकता छ।’
प्रतिक्रिया 4