News Summary
Generated by OK AI. Editorially reviewed.- बेनेभिस आइसक्रिमले मिस नेपाल अर्थ २०२२ डा. सरिशा श्रेष्ठलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
- ब्रान्ड प्रवद्र्धन र सञ्चारसम्बन्धी गतिविधिका लागि बेनेभिस र श्रेष्ठबीच सम्झौता भएको छ ।
- सम्झौता अवधिभर श्रेष्ठले फोटोसुट, डिजिटल सामग्री र प्रवद्र्धनात्मक कार्यक्रममा सहभागिता जनाउनेछिन् ।
काठमाडौं । प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले मिस नेपाल अर्थ २०२२ डा. सरिशा श्रेष्ठलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
फिसटेल डेरी प्रालिअन्तर्गत सञ्चालित बेनेभिस आइसक्रिमले श्रेष्ठसँग ब्रान्ड प्रवद्र्धन तथा विभिन्न सञ्चारसम्बन्धी गतिविधिका लागि सहकार्य गरेको जनाएको छ ।
ब्रान्ड एम्बेसडर सम्झौतामा श्रेष्ठ र बेनेभिस आइसक्रिमका वरिष्ठ ब्रान्ड अधिकृत नारायण प्रधानले हस्ताक्षर गरेका छन् ।
सरिशा चिकित्सक तथा टेलिभिजन प्रस्तोताका रूपमा समेत परिचित छिन् । उनले सन् २०२२ मा मिस अर्थ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।
प्रतियोगिताका क्रममा वातावरणीय सचेतना तथा वातावरणसम्बन्धी सञ्चारमा सक्रिय भूमिका निर्वाह गरेकी उनले एसिया तथा ओसिनिया क्षेत्रको ‘बेस्ट इको-भिडियो अवार्ड’ समेत प्राप्त गरेकी थिइन् ।

बेनेभिस आइसक्रिमका वरिष्ठ ब्रान्ड अधिकृत नारायण प्रधानले श्रेष्ठको व्यावसायिक पृष्ठभूमि, सञ्चार क्षमता र सार्वजनिक व्यक्तित्वलाई ब्रान्डसँगको सहकार्यका लागि महत्वपूर्ण आधारका रूपमा लिएको बताए ।
सरिशाले पनि बेनेभिससँग सहकार्य गर्न पाउँदा आफू उत्साहित भएको बताएकी छन् । स्वाद, गुणस्तर र खुसीका क्षणसँग जोडिएको नेपाली ब्रान्डसँग सहकार्य गर्न पाउनु आफ्ना लागि उत्साहजनक अवसर भएको उनको भनाइ छ ।
सम्झौता अवधिभर श्रेष्ठले बेनेभिसका विभिन्न ब्रान्ड अभियान, फोटोसुट, डिजिटल सामग्री, प्रवद्र्धनात्मक कार्यक्रम तथा उपभोक्ता संलग्नतासम्बन्धी गतिविधिमा सहभागिता जनाउनेछिन् ।
प्रतिक्रिया 4