+
+
Shares

जापानी इन्सेफ्लाइटिसबाट सप्तरी र कैलालीमा चार जनाको मृत्यु

जापानी इन्सेफ्टाइटिसबाट सप्तरी र कैलालीमा चार जनाको मृत्यु भएको छ । सप्तरीमा दुई जना र कैलालीमा दुई जनाको मृत्यु भएको हो ।

रासस रासस
२०८३ भदौ ४ गते २१:०६

४ भदौ, सप्तरी । जापानी इन्सेफ्टाइटिसबाट सप्तरी र कैलालीमा चार जनाको मृत्यु भएको छ । सप्तरीमा दुई जना र कैलालीमा दुई जनाको मृत्यु भएको हो ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ गाउँपालिका–३ का १४ वर्षीय शिवकुमार रामको जापनी इन्सेफ्लाइटिसका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका स्वास्थ्य अधिकृत सतिश यादवले जानकारी दिए ।

उनका अनुसार दुवै जनाको गत साउन २१ गते उपचारका क्रममा मृत्यु भएको थियो । यादवको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र रामको गोल्डेन हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य अधिकृत यादवले बताए ।

उता, कैलालीको घोडाघोडी नगरपालिकामा पनि जापनी इन्सेफ्लाइटिसको ङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । उपचारका क्रममा घोडाघोडी–४ र ९ का दुई जनाको मृत्यु भएको नगरपालिकाका सिनियर अहेब मानबहादुर बोहराले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा ३४ र ७० वर्षीया महिला छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?