+
+
Shares

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी, मोबाइल र आईप्याड लगियो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते २२:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले बिहीबार दिउँसो भक्तपुरमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा खानतलासी गरेको छ ।
  • भक्तपुर प्रहरी र अपराध अनुसन्धान कार्यालयको टोलीले प्रसाईंको घरबाट केही मोबाइल डिभाइस र आईप्याड नियन्त्रणमा लिएको छ ।
  • प्रहरीले खानतलासीको कारणबारे औपचारिक रूपमा केही बोलेको छैन ।

४ भदौ, काठमाडौं । मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालका संयोजक दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ ।

बिहीबार दिउँसो ठूलो संख्यामा पुगेको प्रहरीको टोलीले उनको घरमा खानतलासी गरेको हो ।

भक्तपुर प्रहरी र अपराध अनुसन्धान कार्यालय सहितको टोलीले प्रसाईंको घरमा खानतलासी गरेको प्रहरी स्रोतले बताएको छ ।

सो क्रममा केही थान मोबाइल डिभाईस र आईप्याड समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।

किन खनतलासी गरेको भन्ने विषयमा प्रहरीले औपचारिक रुपमा केही बोलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?