+
+
Shares

प्रधानमन्त्री बालेनका लागि पोखराको अन्नपूर्ण रिसोर्ट बुक

शहर नजिकै तर ग्रामीण र प्राकृतिक स्वाद मिल्ने रिसोर्टमा ध्यानका लागि धेरै विदेशी जाने गरेका छन् ।  योग र प्रकृतिसँग समय बिताउन चाहनेहरूका लागि अन्नपूर्ण इको रिसोर्ट रोजाइमा पर्ने गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १०:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाह शुक्रबार पहिलो पटक पोखरा आउन लागेका छन् र धिताल अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा बस्ने तयारी गरिएको छ।
  • मुस्ताङ भ्रमणका लागि औपचारिक कार्यक्रम र तालिका नआएको कास्की र मुस्ताङका प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्।
  • अन्नपूर्ण इको भिलेजमा सबै कोठा बुक भएको छ र प्रधानमन्त्रीको बसाइका लागि काठमाडौंबाट सुरक्षा टोली अस्ताम पुगेको स्रोतले जनाएको छ।

५ भदौ, पोखरा । प्रधानमन्त्री बालेन शाह शुक्रबार पोखरा आउने भएका छन् । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक बालेन पोखरा आउने भएका हुन् ।

प्रधानमन्त्री बालेन बस्नका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिकाको धिताल अस्तामस्थित अन्नपूर्ण इको भिलेज बुक भइसकेको छ । तर सुरक्षा सयंन्त्रले भने अहिलेसम्म पनि बेखबर भएको बताइरहेका छन् ।

स्रोतका अनुसार अन्नपूर्ण इको भिलेजका सबै कोठा बुक गरिएको छ । प्रधानमन्त्री बालेनको बसाइका लागि काठमाडौंबाटै सुरक्षा जाँच र प्रबन्ध मिलाउनका निम्ति टोली अस्ताममा रहेको रिसोर्ट स्रोतको भनाइ छ ।

प्रधानमन्त्री मुस्ताङ भ्रमणमा जाने बिहीबार सार्वजनिक भएको थियो ।

तर, मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले आफूले पनि मिडियामार्फत जानकारी पाएको बताइन् ।

‘हिजोदेखि नै यो खबर आइरहेको छ कि प्रधानमन्त्री मुस्ताङ भ्रमणमा आउँदै हुनुहुन्छ,’ मुस्ताङकी सीडीओ शर्माले भनिन्, ‘तर, औपचारिक जानकारी, कार्यक्रम तालिका हामीलाई आइपुगेको छैन ।’

प्रधानमन्त्री बालेन आजै पोखरा आउने तर उनी कहाँ-कहाँ भ्रमण गरेर अन्नपूर्ण भिलेजमा बास बस्ने हुन्, के-के कार्यक्रम छन् भन्ने सार्वजनिक भइसकेको छैन ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले आफूहरूलाई औपचारिक जानकारी नआएको बताए ।

‘हामीले पनि मिडियाबाटै थाहा पाइरहेका छौं । औपचारिक जानकारी आएको छैन, प्रधानमन्त्री नै आउने भएपछि पक्कै जानकारी आउला,’ गुरुङले भने, ‘स्थलमार्ग भएर आउने भन्ने थाहा पाइयो । अरू जानकारी पनि आउला भन्ने विश्वास छ ।’

प्रधानमन्त्री बालेन बस्ने अन्नपूर्ण इको भिलेज विश्व अधिकारी परिवारले चलाएका हुन् । यो रिसोर्ट प्रकृति, ध्यान, परम्परा र आथित्यतालाई जोडेर निर्मार्ण गरिएको छ । यहाँबाट अन्नपूर्ण, धौलागिरि, मनास्लुअगायतका हिम शृङ्खलासँगै सुन्दर दृश्वावलोकन गर्न सकिन्छ ।

यहाँ साधारणतया १५ देखि २० वटा परम्परागत शैलीका कोठाहरू प्रयोग गरेर आरामदायी कोठा निर्माण गरिएका छन् । परम्परागत रूपमा ढुंगा कुदेर, काठ प्रयोग गरेर बनाइएको रिसोर्टबाट देखिने दृश्यका कारण पनि चर्चित छ ।

यो वातावरणमैत्री र प्रांगारिक अवधारणामा सञ्चालित ग्रामीण रिसोर्ट हो । रिसोर्टमा सौर्य ऊर्जा, पानी पुनः प्रयोग गर्ने प्रविधि र स्थानीय प्राकृतिक स्रोत साधनको प्रयोग गरिएको छ ।

रिसोर्टमै आफ्नै प्रांगारिक फार्म छ । जहाँ फलफूल, तरकारी र अन्य खाद्यान्न उत्पादन गरी पाहुनाहरूलाई ताजा र पौष्टिक खाना खुवाउने भएकाले पनि धेरैको रोजाइमा पर्ने गरेको छ ।

शहर नजिकै तर ग्रामीण र प्राकृतिक स्वाद मिल्ने रिसोर्टमा ध्यानका लागि धेरै विदेशी जाने गरेका छन् ।  योग र प्रकृतिसँग समय बिताउन चाहनेहरूका लागि अन्नपूर्ण इको रिसोर्ट रोजाइमा पर्ने गरेको छ ।

यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्य निकै आकर्षक देखिन्छ । योग, ध्यान तथा वेलनेस सत्रका लागि खुला तथा शान्त ठाउँहरू र अस्ताम आसपासका डाँडाकाँडा, जंगल र स्थानीय गाउँहरूमा छोटो हाइकिङ वा प्रकृति पदयात्राका लागि पनि यो ठाउँ प्रख्यात छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?