+
+
Shares

५३ लाख बराबरका भन्सार छलीका सामानसहित एक जना पक्राउ

उक्त बसबाट प्रहरीले मोबाइल, ल्यापटप, टेम्पर ग्लास, कपडा, जुत्ता गरी ५३ लाखको सामान बरामद गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १४:०९

५ भदौ, काठमाडौं । दिल्लीबाट काठमाडौं आउँदै गरेको ५३ लाख रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद भएका छन् ।

चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट प्रहरीले उक्त सामान बरामद गरेको हो । दिल्लीबाट काठमाडौं आउँदै गरेको बा प्र. ०३–००१ ख ३५३६ नम्बरको बसको प्यासेजमा राखेर ल्याइएका भन्सार छलीका सामानहरू बरामद गरिएको प्रहरीले बताएको छ ।

उक्त बसबाट प्रहरीले मोबाइल, ल्यापटप, टेम्पर ग्लास, कपडा, जुत्ता गरी ५३ लाखको सामान बरामद गरेको छ ।

बस चालक कटारी नगरपालिका–११ का ३४ वर्षीय पविन्दर राना मगरलाई पक्राउ गरिएको छ ।

उनलाई विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?