५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रहरी संगठन वा प्रहरी प्रमुखसँग आफ्नो कुनै व्यक्तिगत विवाद नरहेको बताएका छन् । शुक्रबार रास्वपा कार्यालय वनस्थलीमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सुनारले यस्तो बताएका हुन् ।
‘मेरो आईजीपीसँग कुनै पनि विवाद छैन, प्रहरीसँग कुनै पनि विवाद छैन,’ सो क्रममा सांसद सुनारले भने ।
तर, सञ्चारमाध्यममा मात्रै आफ्नो र आईजीपी दानबहादुर कार्कीको विवाद भनेर चर्चा भएको उनले दाबी गरे ।
‘हाम्रो के भएको हो भने, संसदीय समितिमा उजुरी आउँछ, उजुरीमाथि छलफल हुन्छ,’ सांसद सुनारले भने, ‘त्यो छलफलमा सम्बन्धित मान्छेलाई बोलाउने हो र कुराकानी हुने हो । मेरो फलानोसँग कुनै व्यक्तिगत झगडा, घरको झगडा कुलोको र खेतको झगडा होइन यो ।’
त्यसमा उजुरी आएपछि भएको छलफल मात्रै रहेको सांसद सुनारले दाबी गरे ।
उनले रास्वपाको जन्म नै अराजकता र बेथितिको अन्त्य गर्दै सुशासन र भ्रष्टाचारविरुद्ध लड्नका लागि भएको धारणा राखे ।
प्रतिक्रिया 4