५ भदौ, काठमाडौं । बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको माग गर्दै शुक्रबार पनि काठमाडौंमा प्रदर्शन भएको छ । अहिले साँझ काठमाडौंको माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका हुन् ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरी साउन ३१ गते घरबाट हराएकी थिइन् । त्यसको तीन दिनपछि भदौ २ गते एक सुनसान घरभित्र उनी मृत फेला परेकी थिइन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा गरिमाको बलात्कारपछि हत्या भएको अनुमान छ ।
उनको मृत्युपछि बारा र काठमाडौंमा न्यायका लागि प्रदर्शन भइरहेका छन् ।
तस्वीरहरू :







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4