News Summary
Generated by OK AI. Editorially reviewed.- नवप्रवेशी हल सिटीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा म्यान्चेस्टर युनाइटेडलाई २-० ले हराउँदै विजयी सुरुवात गरेको छ।
- घरेलु मैदानमा भएको खेलमा हल सिटीका सेमी अजायीले १७औं मिनेट र नोबेल मेन्डीले ३८औं मिनेटमा गोल गरेका थिए।
- दोस्रो हाफमा युनाइटेडले गोल फर्काउन सकेन र हल सिटीले ३ अंक जोडेको छ।
६ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा नवप्रवेशी क्लब हल सिटीले म्यान्चेस्टर युनाइटेडलाई हराउँदै विजयी सुरुवात गरेको छ ।
शनिबार साँझ घरेलु मैदानमा भएको खेलमा हल सिटीले युनाइटेडलाई २-० ले पराजित गरेको हो । हल सिटीले दुवै गोल पहिलो हाफमै गरेको थियो ।
खेलको १७औं मिनेटमा हल सिटीका सेमी अजायीले गोल गर्दै अग्रता दिलाएका थिए । ३८औं मिनेटमा नोबेल मेन्डीले गोल गर्दै अग्रता दोब्बर पारे ।
दोस्रो हाफमा युनाइटेडले कुनै गोल फर्काउन सकेन । हल सिटीले पनि गोल नथप्दा नतिजा २-० रह्यो ।
जितसँगै हल सिटीले ३ अंक जोडेको छ ।
प्रतिक्रिया 4