+
+
Shares

१२ घण्टापछि सकुशल भेटिइन् कलैयाबाट हराएकी २ वर्षीया बालिका

सुनिल गाउँले सुनिल गाउँले
२०८३ भदौ ७ गते १०:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाराको कलैया उपमहानगरपालिका १ कट्टीपर्साकी दुई वर्षीया विन्दी मण्डल १२ घण्टापछि कलैया–२६ मा सकुशल फेला परिन् ।
  • शनिबार साँझ घर अगाडि खेलिरहेकी बालिका बेपता भएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।
  • प्रहरी, परिवार र स्थानीयवासीले रातभर खोजी गरेका थिए, र बालिकालाई प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ ।

७ भदौ, बारा । बाराको कलैया उपमहानगरपालिका १ कट्टीपर्साकी दुई वर्षीया बालिका विन्दी मण्डल १२ घण्टापछि सकुशल फेला परेकी छन् ।

स्थानीय मुकेश मण्डलकी छोरी विन्दी शनिबार साँझ ५:३० बजेतिर आफ्नै घरबाट बेपता भएकी थिइन् । घर अगाडि खेलीरहेकी बालिका अचानक बेपता भएपछि बालिकाका हजुरबुबाले प्रहरीमा खबर गरेका थिए ।

बालिकालाई स्थानीयवासीले आइतबार बिहान ५ बजेतिर कलैया उपमहानगरपालिका २६ मा फेला पारेका थिए ।

सिसवा महेशपुरमा सडक किनारामा बालिकालाई रोइरहेको अवस्थामा देखेपछि स्थानीय महिला सल्मा नेशाले प्रहरीलाई जानकारी गराएकी थिइन् । आफ्नो घरभन्दा करिब एक किलोमिटर उत्तरतर्फ बालिका सकुशल फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी मिनबहादुर घलेले जानकारी दिए ।

प्रहरीका अनुसार प्रहरी, परिवार र स्थानीयवासीले रातभरी बालिकाको खोजी गरेका थिए । डिएसपी घलेका अनुसार शनिवार साँझ बालिका हराएको विषयमा परिवारले जानकारी गराएपछि प्रहरीले सम्भावित स्थानहरुमा सर्च अभियान तीव्र बनाएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक नरेन्द्र कुँवरको कमाण्डमा तालिमप्राप्त कुकुर सहितको सुरक्षा टोलीले रातभर बालिका खोजी अभियान चलाएको थियो । ‘बालिका पुग्न सक्ने सम्भावित स्थानहरुमा हामीले नेपाली सेना र सशस्त्र प्रहरी समेतको सहयोगमा रातभर सर्च अभियान चलाएका थियौं,’ डिएसपी घलेले भने ।

प्रहरीले उद्धार गरी ती बालिकाको स्वास्थ्य परीक्षण गर्न प्रादेशिक अस्पतालमा कलैयामा पठाएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य रहेकाले सुरक्षित रुपमा परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखक
सुनिल गाउँले

दुई दशकदेखि पत्रकारिता गरिरहेका गाउँले अनलाइनखबरका बारास्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?