फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्रको पुनर्गठन अभियान आफूले नबुझेको बताउँदै फेसबुकमा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा कटाक्ष गरेकी छन्।
- उनले एक जना अध्यक्ष हटाएर पुरानै संरचना, कार्यशैली, अनुहार र शक्ति सम्बन्ध कायम राख्नुलाई पुनर्गठन भन्न मिल्छ कि मिल्दैन ? भनेर लेखेकी छन्।
- झाँक्रीले जेनजी आन्दोलनअघिको विधान महाधिवेशनमा आन्तरिक लोकतन्त्रबारे प्रश्न नउठेको उल्लेख गरेकी छन्।
७ भदौ, काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र चलिरहेको पुनर्गठन अभियान आफूले नबुझेको बताएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष केपी शर्मा ओलीको पक्षधरता लिँदै पुनर्गठन अभियानबारे कटाक्ष गरेकी छन् ।
‘एक जना अध्यक्ष हटाउने र बाँकी पुरानै संरचना, पुरानै कार्यशैली, पुरानै अनुहार र पुरानै शक्ति सम्बन्ध कायम राख्ने हो भने त्यसलाई पुनर्गठन भन्न मिल्छ कि मिल्दैन ?,’ उनले लेखेकी छन् ।
सँगै, जेनजी आन्दोलनको अघिल्लो दिन सम्पन्न विधान महाधिवेशनमा आन्तरिक लोकतन्त्रबारे प्रश्न नउठेको समेत उल्लेख गरेकी छन् ।
उनको यस्तो स्टाटसको काउन्टररमा एमालेका युवा नेताहरूले प्रतिक्रिया लेखिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4