News Summary
Generated by OK AI. Editorially reviewed.- सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया खातुन मृत अवस्थामा फेला परेकी छन्।
- परिवारका अनुसार सानिया आइतबार बिहान करिब ९ बजेसम्म घरमै देखिएकी थिइन्, त्यसपछि खोज्दा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा शव भेटिएको हो।
- जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाबारे आवश्यक अनुसन्धान तथा छानबिन अघि बढाएको प्रहरी उपरीक्षक रूपक खड्काले बताएका छन्।
७ भदौ, सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर –३ मा एक बालिका मृत अवस्थामा फेला परेकी छन्।
स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया खातुन घरपछाडि मृत फेला परेकी हुन्। परिवारका अनुसार आइतबार बिहान करिब ९ बजेसम्म बालिका घरमै देखिएकी थिइन्।।
त्यसपछि खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा उनको शव फेला परेको हो।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको छ। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान तथा छानबिनको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपक खड्काले जानकारी दिए।
बालिकाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले उनले बताए ।
घटना स्थलमा स्थानीयहरूको बाक्लो भिड लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4