+
+
Shares

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते १७:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एकीकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा १९ वटा पर्यटन पूर्वाधार योजना सम्पन्न हुँदा चार दशमलव १९ किलोमिटर पदमार्ग निर्माण भएको छ ।
  • ती योजनाका लागि विनियोजित रु एक करोड ४० लाखमध्ये रु एक करोड १० लाख खर्च भई पक्की र कच्ची पदमार्ग, विश्रामस्थल, आश्रयस्थल र पर्खाल बनेका छन् ।
  • चालु आर्थिक वर्ष २०८३/०८४ का लागि गण्डकी प्रदेश सरकारले २४ वटा योजनामा रु एक करोड ८५ लाख बजेट दिएको छ ।

७ भदौ, म्याग्दी । एकीकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका योजनाअन्तर्गत चार दशमलव १९ किलोमिटर पदमार्ग निर्माण भएको छ ।

गत वर्ष कार्यालयले सञ्चालन गरेका पर्यटन पूर्वाधार निर्माणसम्बन्धी २४ वटा योजनाका लागि एक करोड ४० लाख बजेट विनियोजन भएकामा रु एक करोड १० लाख बजेटका १९ वटा योजना सम्पन्न भएका हुन् ।

योजनामार्फत पर्यटकीयस्थलमा पक्की र कच्ची पदमार्ग, विश्रामस्थल, आश्रयस्थल, पर्खाललगायत पूर्वाधार निर्माण भएको कार्यालयका प्रमुख सम्झेर घर्ती क्षेत्रीले जानकारी दिए ।

‘सबै योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका हुन्,’ उनले भने, ‘प्रतिकूल भूगोल, मौसम र अन्य कारणले रु ३० लाख बजेटका पाँच वटा योजना कार्यान्वयन भएनन् ।’

पर्यटकीय पूर्वाधार बनेपछि पर्यटक, स्थानीयवासी र पर्यटक मजदुरलाई आवतजावतमा सहज भएको छ ।

मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा ५२० मिटर पक्की पदमार्ग र धार्मिक स्थल प्रभुचेलामा तीन कोठे आश्रयस्थल भवन निर्माण भएको छ । मालिका–४ मा गौखेरेबाट मतौका चनौटे र वडा नम्बर ३ को लामखोरिया डाडागाउँ जोड्ने पदमार्ग निर्माण भएको छ ।

बेनी नगरपालिका–९ मा ढाडापधेरा आरोटा, पाखाथर, ८ को बराहपाखोेमा पदमार्ग र १ को सनातन धार्मिक आश्रम र २ को लभ्लीहिलमा घेराबार निर्माण भएको छ । मङ्गला गाउँपालिका–४ को गम्फाधुरी र धवलागिरी गाउँपालिका–४ को खिवाङ–चेचुङ पदमार्ग निर्माण भएको छ ।

रघुङ्गा गाउँपालिका–३ गलेश्वर देखि बगैचा, ५ र ६ को फुलडाडामा पदमार्ग तथा ३ को गायत्री मन्दिरमा सत्तल निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ झरना, ७ को टिकोटबाट सोबन्ध, १ मारका, ६ चित्रे हुँदै घान्द्रुक देउराली र ३ को फगाम–सुवा–दुवारी–मतिचौर जोड्ने पदमार्ग निर्माण भएको छ ।

चालु आर्थिक वर्ष २०८३/०८४ का लागि गण्डकी प्रदेश सरकारबाट २४ वटा योजनाका लागि रु एक करोड ८५ लाख बजेट प्राप्त भएको छ । बजेट बिनियोजन भएका योजनाको सर्वेक्षण, लागत अनुमान तयार र उपभोक्ता समिति गठन गरी कार्यान्वयन प्रक्रिया थालिएको कार्यालयका इञ्जिनियर सुमन बोगटीले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?