News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछानेले नेताहरूलाई विगत ३५ वर्षको कुरा गरेर अन्य दललाई आरोप नलगाउन आग्रह गरेका छन्।
- उनले अबको ३५ वर्षको योजना ल्याउन र गलत केही नगर्न पार्टी नेताहरूलाई आग्रह गरेका छन्।
- लामिछानेले दोष लगाएर आफूलाई अग्लो देखाउन सकिए पनि आज कसलाई दोष देखाउने भन्दै प्रश्न गरेका छन्।
७ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विगत ३५ वर्षको कुरा गरेर अन्य दललाई आरोप नलगाउन पार्टी नेताहरूलाई आग्रह गरेका छन् ।
नीति, संगठन र नेतृत्व कार्याशाला अन्तर्गत केन्द्रीय सदस्यहरूलाई प्रशिक्षित गर्ने क्रममा आइतबार सभापति लामिछानेले भने, ‘अब ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथीहरू । ३५ वर्षको योजना ल्याउनुस् । अबको ३५ वर्ष । वितेको ३५ वर्षलाई देखाएर उहाँहरूलाई कचकच गर्ने ठाउँमा छैनौं । जति सके गरे, धन्यवाद । अबको ३५ वर्ष कस्तो बनाउने ? यो त हाम्रै हातमा छ नि ।’
केही गर्न सकिन्न भने पनि गलत नगर्न नेताहरूलाई आग्रह गरे । राम्रो केही गर्न नसके नराम्रो केही पनि नगर्न सकिने सभापति लामिछानेले बताए ।
‘हिजो हामीले दोष लगाउने कैयौं मानिसहरू थिए । कैयौं नेताहरू थिए । जसलाई दोष लगाउँदा पनि हुन्थ्यो । दोषै दोषको चाङमा आफूलाई अग्लो देखाउन सक्छौं । आज कसलाई दोष देखाउने ?,’ नेताहरूलाई प्रश्न राखे ।
प्रतिक्रिया 4