+
+
Shares

निर्मल पूर्जाको अन्त्येष्टि समारोहमा सहभागी हुन पूर्वउपसभामुख रानामगर बेलायत प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते ११:४३

८ भदौ, काठमाडौं । पूर्वउपसभामुख एवं प्रतिनिधि सभा सदस्य इन्दिरा राना मागर बेलायत प्रस्थान गरेकी छिन् ।

कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा (निम्सदाइ)को अन्त्येष्टि समारोहमा सहभागी हुन रास्वपा सांसद रानामगर सोमबार बेलायतको लण्डन प्रस्थान गरेकी हुन् ।

पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी मृत्यु भएका पूर्वगोर्खा सैनिक निर्मल पूर्जाको २६ अगस्टमा दक्षिण पश्चिम इंग्ल्याण्डको ब्लान्डफोर्ड फोरमस्थित मिल्टन एबीमा अन्त्येष्टि समारोह हुँदैछ ।

बेलायतको नागरिकता लिएका निम्सको अन्त्येष्टि इंग्ल्याण्डमा हुन लागेको हो । निम्सको अन्त्येष्टिमा सहभागी हुन सांसद डेभिड मिङ्मा शेर्पा पनि आजै बेलायत जाँदैछन् ।

सांसद रानामगरले यसअघि संसदमा निर्मल पूर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?