+
+
Shares

दुर्गा प्रसाईंको घरबाट बरामद सामग्रीसहित २४ घण्टाभित्र उपस्थित हुन सर्वोच्चको आदेश

अभियनता दुर्गा प्रसाईंको घरबाट बरामद सामग्रीसहित उपस्थित हुन सर्वोच्च अदालतले विपक्षीको नाममा आदेश जारी गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते १४:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले दुर्गा प्रसाईंको घर खानतलासीमा बरामद भनिएका सामानसहित २४ घण्टाभित्र उपस्थित हुन विपक्षीका नाममा आदेश जारी गरेको छ।
  • अदालतले प्रसाईंलाई घरबाहिर हिँडडुल नदिनुको कारण २४ घण्टाभित्र पेस गर्न पनि भनेको छ।
  • सर्वोच्चले भदौ ४ को खानतलासीमा बरामद सामान पेसीका दिन लिई आउन जिल्ला प्रहरी परिसर भक्तपुरलाई लेखेको छ।

८ भदौ, काठमाडौं । अभियनता दुर्गा प्रसाईंको घरबाट बरामद सामग्रीसहित उपस्थित हुन सर्वोच्च अदालतले विपक्षीको नाममा आदेश जारी गरेको छ। सोमबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्रसाईंको रिटमा बरामद सामग्रीसहित २४ घण्टाभित्र उपस्थित हुन आदेश गरेको हो।

अदालतले प्रसाईंलाई घरबाहिर हिँड्‌डुल नदिनुको कारण २४ घण्टाभित्र पेस गर्न पनि भनेको छ। लिखित जवाफसँगै भदौ ४ गते गरिएको घर खानतलासीमा बरामद सामग्री पेस गर्न जिल्ला प्रहरी परिसर भक्तपुरका नाममा सर्वोच्च आदेश जारी गरेको छ।

‘…आदेश जारी हुन नपर्ने भए सोको आधार र कारण खुलाई यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू,’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘साथै, निवेदनसाथ संलग्न मिति ०८३ भदौ ४ गतेको खानतलासी पूर्जीमोजिम निवेदक दुर्गा प्रसाईंको घर खानतलासी हुँदा बरामद भएका भनिएका सामान समेत पेसीको दिन लिई आउनू भनी विपक्षी जिल्ला प्रहरी परिसर भक्तपुरलाई लेखी पठाउनू ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?