News Summary
Generated by OK AI. Editorially reviewed.- पद्मा अर्यालले बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा दोषीमाथि छिटो कारबाही गर्न र परिवारलाई न्याय दिन माग गरिन्।
- उनले यस्ता घटना किन घट्छन् भन्नेबारे गम्भीर अध्ययन गरी प्रतिवेदन तयार गरेर कार्यान्वयन गर्न सरकारलाई आग्रह गरिन्।
- अर्यालले उपभोक्ताले ग्यास र किसानले समयमै मल नपाएको विषयमा पनि सरकार गम्भीर नभएको आरोप लगाइन्।
८ भदौ, काठमाडौं । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विषयलाई आधार मानेर सरकारले यस्ता घटना किन घट्छन् भन्ने निर्क्यौल गर्न माग गरेकी छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले यौन पिपासु मानव भएर पशुजन्य व्यवहार गर्ने व्यक्तिलाई साहस कहाँबाट प्राप्त भएको छ भन्ने पत्ता लगाउन माग गरेकी हुन्।
‘बारामा बालिकाको क्रुर हत्या भएको छ म निन्दा गर्दछु। अनुसन्धानको लागि सुरक्षा निकाय लागेको छ। केही मानिस अनुसन्धानमा तानिएका छन्। दोषीमाथि छिटो कारबाही होस्। गरिमाको परिवारले न्याय पाउनुपर्छ,’ उनले भनिन्, ‘यौन पिपासु मानव भएर पशुजन्य व्यवहार गर्ने व्यक्तिलाई त्यो साहस कहाँबाट प्राप्त भयो ? ठीक ढंगले कारबाही अघि बढाएनौँ भने त्यसखाले प्रवृत्ति बढ्ने देखिन्छ।’
उनले निर्मला पन्तसहितका घटना पनि स्मरण गरिन्। उनले सरकारलाई भनिन्, ‘यस्ता घटना किन घट्छन् गम्भीर अध्ययन, अनुसन्धान गर्नुपर्छ। प्रतिवेदन तयार पारेर कार्यान्वयन गर्नतर्फ लाग्नुपर्छ।’
उनले सरकारको खुट्टा लुलो हुन थालेको टिप्पणी पनि गरेकी छन्। ‘साँचो कुरा बोलिरहनुपर्छ। हामीले बोलेका कुरा प्रतिपक्षीका कुरा मात्रै होइनन् सबैको हो। बोलेको कुरा पूरा गर्ने कसम खाएको सरकार खुट्टा लुलो बनाइरहेको छ।’
उनले उपभोक्ताले ग्यास नपाएको, किसानले समयमै मल नपाएको विषयमा पनि सरकार गम्भीर नभएकोमा आपत्ति जनाइन्।
प्रतिक्रिया 4