+
+
Shares

बागमती प्रदेश सभा बैठक साँझ ५ बजेलाई सर्‍यो

प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार दिउँसो १ बजे बस्ने गरी तोकिएको प्रदेश सभा बैठक विशेष कारणले तोकिएको समयमा बस्न नसक्ने भएपछि समय हेरफेर गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते १५:३४

८ भदौ, हेटौंडा । बागमती प्रदेश सभाको आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरेको छ ।

प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार दिउँसो १ बजे बस्ने गरी तोकिएको प्रदेश सभा बैठक विशेष कारणले तोकिएको समयमा बस्न नसक्ने भएपछि समय हेरफेर गरिएको हो ।

सूचनाअनुसार सभामुख अप्सरा चापागाईंले आजै साँझ ५ बजेका लागि बैठक बस्ने मिति निर्धारण गरेकी छन् ।

सभामुख चापागाईंले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग छलफल गरिरहेकी छन् ।

यही बैठकमा मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने कार्यक्रम छ । मुख्यमन्त्री थापालाई विश्वासको मत दिने विषयमा सत्ता साझेदार दल नेकपा र राप्रपाभित्र विवाद भएको छ ।

नेकपामा मन्त्री बन्ने आकांक्षीहरूले शक्ति बाँडफाँडलगायतको विषयमा असहमति राख्दैआएका छन् । नेकपाका एक सांसदका अनुसार २६ जना सांसदमध्ये १६/१७ जना मात्रै प्रदेश सभा आइपुगेका छन् ।

उता राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई पदमुक्त गर्न सभामुख चापागाईंलाई आजै पत्राचार गरेको छ ।

राप्रपाकी कुमारी तामाङले सभामुख चापागाईंले पत्र बुझाउँदै थापालाई पदमुक्त गर्न माग गरेकी छन् ।

नेकपा एमाले, नेकपा र राप्रपाको समर्थनमा थापा गत ४ भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

तर, सरकार गठनमा राप्रपाको समर्थनलाई लिएर पार्टीभित्र विवाद चर्किएको थियो । राप्रपाले पार्टी केन्द्रको निर्णयविपरीत मुख्यमन्त्रीलाई समर्थन गरेको भन्दै बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई कारबाही गरिसकेको छ ।

थापाले विश्वासको मत पाउन प्रदेशसभाको बहुमत ५३ जना सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेकपाको २६ र एमालेको २५ गरेर ५१ जना मात्रै सांसद छन् । उपसभामुख अप्सरा चापागाईं रहेकाले उनले मत बराबर भएको अवस्थामा मात्रै निर्णायक मत हाल्न पाउने संवैधानिक व्यवस्था छ ।

जस कारण मुख्यमन्त्री थापालाई प्रदेशसभाको चौथो ठूलो दल राप्रपाको साथ अनिवार्य बनेको हो । राप्रपा दुई समूहमा विभाजित भएकाले थापाले विश्वासको मत प्राप्त गर्ने प्रदेशसभा सदस्यको यकिन संख्यामा अझै अन्यौल छ ।

हाल प्रदेशसभा १०४ सदस्यीय रहेको छ  । यहाँ नेपाली कांग्रेसको ३६ सिट, राप्रपाको १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?