+
+
Shares

मधेश प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द   

रासस रासस
२०८३ भदौ ९ गते ९:१३
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा आर्थिकमन्दीलगायत कारणले उद्योगतर्फ ८२१ र वाणिज्यतर्फ १,११७ गरी १,९३८ व्यवसायको लगत कट्टा भएको छ।
  • सोही अवधिमा मधेश प्रदेशमा ५,०६८ नयाँ उद्योग दर्ता र ७,५४० उद्योग नवीकरण भएका छन्।
  • गत आव २०८२/८३ मा नयाँ उद्योग र वाणिज्य दर्ता, नवीकरणलगायत शीर्षकबाट ५ करोड २६ लाख ४९ हजार ५६२ रुपैयाँ राजस्व संकलन भएको छ।

९ भदौ, जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८उद्योग व्यापार बन्द भएका छन् ।

मधेश प्रदेश सरकार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आव २०८२/८३ मा उद्योगतर्फ ८२१ र वाणिज्यतर्फका एक हजार ११७ गरी एक हजार ९३८उद्योग व्यवसायको लगत कट्टा भएका छन् ।

गत आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशमा पाँच हजार ६८ वटा नयाँ उद्योग दत्र्ता भएको छ । सो अवधिमा पर्सामा एक हजार १०१ , धनुषामा ७७७ , बारामा ६३९ , सर्लाहीमा ६३६ , सिरहामा ५५४ , रौतहटमा ५३३ , महोत्तरीमा ५१४ र सप्तरीमा ३१४ वटा नयाँ उद्योग दर्ता भएको मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकुमार महतोले बताए । गत आव २०८२/८३ मा सात हजार ५४० वटा उद्योगको नवीकरण भएको छ ।

सूचना अधिकारी महतोका अनुसार गत आव २०८२/८३ मा वाणिज्यतर्फ प्राइभेट फर्म छ हजार १२२ वटा र साझेदारी फर्म १८ नयाँ दर्ता हुदाँ ११ हजार १४४ नवीकरण भएको छ ।

नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरणलगायतका शीर्षकबाट पाँच करोड २६ लाख ४९ हजार ५६२  रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी महतोले बताए ।

विश्वव्यापी रूपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पूँजीको अभाव तथा स्थानीय तहमा पनि उद्योग दर्ता गराउने क्रम बढ्नुलगायतका कारणले उद्योगहरूको लगत कट्टा हुने सङ्ख्या बढेको सूचना अधिकारी महतोको भनाइ छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?