+
+
Shares

रुस र भ्याटिकनका विदेशमन्त्रीबीच वार्ता हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते १२:१२

९ भदौ, काठमाडौं । रूसका विदेशमन्त्री सर्गेई लाभरोभ र भ्याटिकनका विदेशमन्त्री आर्किबिशप पल रिचार्ड ग्यालाघेरबिच मङ्गलवार मस्कोमा वार्ता हुँदैछ। विशेष सैन्य अभियान सुरु भएपछि भ्याटिकनका उच्च अधिकारीले गरेको यो पहिलो आधिकारिक रूस भ्रमण हो।

रूसको विदेश मन्त्रालयका अनुसार दुई पक्षबिच अन्तर्राष्ट्रिय मुद्दाहरू र द्विपक्षीय सहयोगका सम्भावनाका विषयमा छलफल हुनेछ।

वार्तामा युक्रेन मुद्दाले विशेष प्राथमिकता पाउने अपेक्षा गरिएको छ। यस क्रममा भ्याटिकनमा युक्रेनका विषयमा छुट्टै परामर्श हुन सक्ने सम्भावना पनि रहेको छ।

भ्याटिकनका लागि रूसली राजदूत इभान सोल्तानोभ्स्कीले समाचार संस्था ताससँग कुरा गर्दै रूस त्यस्तो ढाँचाको परामर्शमा सहभागी हुन तयार रहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?