+
+
Shares

ड्युटीमा खटिएको प्रहरीलाई कुटपिट गर्ने युवकविरुद्ध ५ दिन म्याद थप

ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई कुटपिट गर्ने युवकविरुद्ध ५ दिन म्याद थप भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते १८:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको नयाँ बानेश्वरमा ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट गरेका जुम्लाका २७ वर्षीय राज कठायतविरुद्ध ५ दिनको म्याद थप भएको छ।
  • जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले राष्ट्र सेवकलाई काममा बाधा गर्न नहुने र अभद्र व्यवहारको कसुरमा म्याद थप भएको बताए।
  • कठायतले मंगलबार आकाशे पुलबाट बाटो काट्न भनिएका प्रहरीमाथि आक्रमण गरेका थिए।

९ भदौ, काठमाडौं । ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई कुटपिट गर्ने युवकविरुद्ध ५ दिन म्याद थप भएको छ ।

जुम्लाको तातोपानी गाउँपालिका–२ घर भइ काठमाडौं बस्दै आएका २७ वर्षीय राज कठायतविरुद्ध ५ दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले बताए । राष्ट्र सेवकलाई काममा बाधा गर्न नहुने र अभद्र व्यवहारको कसुरमा ५ दिनको म्याद थप भएको हो ।

कठायतले मंगलबार ड्युटीमा खटिएका प्रहरीमाथि नयाँ बानेश्वरमा कुटपिट गरेका थिए । आकाशे पुलबाट बाटो काट्नभन्दा प्रहरीमाथि नै आक्रमण भएको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?