+

नेपालले पिकलबलको विश्वकप खेल्ने

२०८३ भदौ  ९ गते २२:५९ २०८३ भदौ ९ गते २२:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले पहिलोपटक पिकलबल विश्वकप खेल्ने भएको छ र नेपाली टोली बिहीबार भियतनामको दानाङ प्रस्थान गर्नेछ ।
  • अगष्ट ३० देखि सेप्टेम्बर ६ तारिखसम्म हुने प्रतियोगिताको सिनियर क्याटेगोरीमा हर्ष सागर तुलाधरसहित ६ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
  • ओपन क्याटेगोरीमा ज्याक्सन सुवेदीसहित ११ खेलाडी सहभागी हुने छन्, र टोलीको व्यवस्थापक तथा प्रशिक्षक सौरभ भण्डारी छन् ।

८ भदौ, काठमाडौं । नेपालले पिकलबल विश्वकपको तेस्रो संस्करण खेल्ने भएको छ । पहिलोपटक विश्वकपमा सहभागी हुन लागेको नेपाली टोली बिहीबार भियतनामको दानाङ प्रस्थान गर्ने भएको छ ।

अगष्ट ३० देखि सेप्टेम्बर ६ तारिखसम्म हुने प्रतियोगिताको सिनियर क्याटेगोरीमा हर्ष सागर तुलाधर, मणिकरत्न शाक्य, दिलभूषण पाठक, फत्तेबहादुर खड्का, शर्मिला केसी र प्रतिमा प्रधानले प्रतिस्पर्धा गर्ने छन् ।

त्यस्तै, ओपन क्याटेगोरीमा ज्याक्सन सुवेदी, सन्देश श्रेष्ठ, उमिद शेर्पा, उगेन शेर्पा, दावा शेर्पा, राधेश्याम मचामसी, महेश शर्मा, सरुसा मगर, डा. दिक्षा राणा, सञ्जील कन्साकार र किरण खनालले भाग लिने छन् ।

व्यवस्थापक तथा प्रशिक्षकमा सौरभ भण्डारी छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

पिकलबल पिकलबल विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय