+
+
Shares

रसुवा बाढी : ७ जनालाई सेनाको हेलिकप्टरमार्फत उद्धार

अहिले नेपाली सेनाका चार हेलिकप्टर टिमुर, स्यापु्रवेशी, मेलुङ र त्रिशुलीमा परिचालित छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढी प्रभावित टिमुर र स्याप्रुबेँसी क्षेत्रबाट नेपाली सेनाले ७ जनाको उद्धार गरेको छ ।
  • हेलिकप्टर बस्न नसक्ने अवस्था भएकाले बास्केटमार्फत उद्धार गरेर हेलिकप्टरमा राखिएको छ ।
  • टिमुर, स्यापु्रवेशी, मेलुङ र त्रिशुलीमा नेपाली सेनाका ४ हेलिकप्टर परिचालित छन् ।
  • त्रिशुलीमा नेपाली सैनिक अस्पताल छाउनीबाट २० जनाको मेडिकल टिम खटिएको छ ।

१० भदौ, काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रबाट ७ जनाको उद्धार गरिएको छ ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार टिमुर क्षेत्रबाट ४ र स्याप्रुबेँसी क्षेत्रबाट ३ गरी ७ जनाको उद्धार गरिएको हो ।

हेलिकप्टर अहिले बस्न सक्ने अवस्था नभएकाले बास्केटमार्फत उद्धार गरेर हेलिकप्टरमा राखिएको छ ।

अहिले नेपाली सेनाका चार हेलिकप्टर टिमुर, स्यापु्रवेशी, मेलुङ र त्रिशुलीमा परिचालित छन् ।

त्रिशुलीमा नेपाली सैनिक अस्पताल छाउनीबाट २० जनाको मेडिकल टिम समेत खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?