+
+
Shares

बाढीले धादिङको फुर्के खोला पुल बगायो

रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १२:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा हुँदै आएको बाढीले पृथ्वी राजमार्गबाट धादिङ जोड्ने त्रिशूली नदीमाथिको फुर्केखोला पुल बगाएको छ।
  • गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठका अनुसार त्यहाँ केही मान्छे फसेका छन् र राजमार्गको यात्रा जोखिमपूर्ण छ।
  • उनले भने, 'ठाउँ ठाउँमा राजमार्गसम्म पानीको सतह आइसकेको छ । राजमार्गको यात्रा ज्यादै जोखिमपूर्ण रहेको छ । पानीको बहाव धादिङ क्षेत्रमा बढीरहेको छ ।’

१० भदौ, काठमाडौं ।  रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ। पृथ्वी राजमार्गबाट धादिङ जोड्ने त्रिशूली नदीमाथिको पुल बाढीले बगाएको हो।

गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठका अनुसार यस क्षेत्रमा केही मान्छेहरू फसेका छन्। उनले भने, ‘ठाउँ ठाउँमा राजमार्गसम्म पानीको सतह आइसकेको छ । राजमार्गको यात्रा ज्यादै जोखिमपूर्ण रहेको छ । पानीको बहाव धादिङ क्षेत्रमा बढीरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?