+
+
Shares

संकटमा सबैले सरकारलाई सहयोग गरौँ : भीष्मराज आङ्देम्बे

उनले अहिलेको परिस्थितिमा पक्ष-विपक्षभन्दा पनि संकटको घडीमा सबै एकजुट भएर लाग्नुपर्ने बताए।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १२:५२

१० भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रसुवाको भोटेकोशी नदीमा आएको बाढीले निम्त्याएको संकटमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री बालेन शाहले केहीबेरअघि बोलाएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।

उनले अहिलेको परिस्थितिमा पक्ष-विपक्षभन्दा पनि संकटको घडीमा सबै एकजुट भएर लाग्नुपर्ने बताए।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा बाढीले अहिलेसम्म पुर्याएको क्षतिको विवरणबारे ब्रिफिङ गरिएको थियो। प्रधानमन्त्री शाहले उद्धार तथा राहत कार्यमा सक्रिय भएर जुट्न पनि सरोकारवाला सबैलाई निर्देशन दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?