News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार बिहान आएको बाढीले रसुवागढीसहित सात विद्युत् आयोजनामा क्षति पुर्याउँदा ४३१.१ मेघावाट विद्युत् प्रणालीबाट बाहिर गएको छ।
- बाढीका कारण चिलिमे, लाङटाङ, अपर त्रिशूली ३ ए, त्रिशूली, देवीघाट र प्राधिकरणको सोलार प्रणालीमा पनि क्षति पुगेको मन्त्रालयले जनाएको छ।
- विभिन्न वितरण संरचना क्षतिग्रस्त भएपछि विद्युत् आपूर्ति अवरुद्ध भएको र नियमित गर्न प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।
१० भदौ, काठमाडौं । बुधबार बिहान आएको बाढीले सात वटा विद्युत् आयोजनामा क्षति पुर्याएको छ । ऊर्जा मन्त्रालयका अनुसार ४३१.१ मेघावाट विजुली क्षतिका कारणले प्रणालीबाट बाहिर गएको छ ।
रसुवागढी विद्युत् आयोजनाको १११ मेघावाट क्षति पुगेको छ । चिलिमेको २२, लाङटाङको २०, अप्पर त्रिशुली ३ एको ६०, त्रिशुली विद्यत आयोजनाको २४, देवीघाटको १४ र विद्युत प्राधीकरणको सोलार प्रणालीको २५ मेघावाट गरी कूल ४३१.१ मेघावाट विद्युत प्रणालीबाट बाहिर रहेको मन्त्रालयले जानकारी गराएको छ ।
विभिन्न वितरण संरचनाहरु समेत क्षतिग्रस्त भएकोले विद्युत आपूर्ति अवरुद्ध हुन गएको मन्त्रालयले जनाएको छ । ‘प्राधिकरणले विद्युत आपूर्ति नियमित गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दै आपूर्ति नियमित नहुन्जेल सम्म धैर्य गरिदिई सोहिबमोजिमको सूचना प्रवाह गरिदिनु हुन समेत सम्बन्धित सबैमा प्राधिकरण हार्दिक अनुरोध गर्दछ,’ ऊर्जा मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया 4