+
+
Shares

हेली उद्धारका लागि आगो बालेर धुँवाले संकेत गर्न प्राधिकरणको आह्वान

आगो बालेर धुँवा पारे उडिरहेको हेलिकप्टरले देख्न सक्ने र त्यसपछि उद्धार गर्न सजिलो हुने प्राधिकरणको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १५:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हेली उद्धारका लागि आगो बालेर धुँवाले संकेत गर्न आह्वान गरेको छ।
  • प्राधिकरणले उडिरहेको हेलिकप्टरले धुँवा देख्ने र त्यसपछि उद्धार गर्न सजिलो हुने बताएको छ।
  • प्राधिकरणले वायुसेवा सञ्चालक संघ, नेपाल ड्रोन संघलगायत संस्थालाई खोज तथा उद्धारमा समन्वय गर्न आग्रह गरेको छ।

१० भदौ, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हेली उद्धारका लागि आगो बालेर धुँवाले संकेत गर्न आह्वान गरेको छ ।

आगो बालेर धुँवा पारे उडिरहेको हेलिकप्टरले देख्न सक्ने र त्यसपछि उद्धार गर्न सजिलो हुने प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले वायुसेवा सञ्चालक संघ, नेपाल ड्रोन संघ लगायत हेलिकप्टर र ड्रोनसँग सम्बन्धित सबै संघसंस्थालाई जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी खोज तथा उद्धारमा सहयोग गर्नसमेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?