+
+
Shares

रसुवा बाढी : गृहमन्त्रीलाई हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार

मन्त्रिपरिषद्को बैठकले गृहमन्त्री सुधन गुरुङलाई हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १६:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद्को आकस्मिक बैठकले गृहमन्त्री सुधन गुरुङलाई हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार दिएको छ।
  • परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार रसुवा बाढीमा घाइते र बिचल्लीमा परेकालाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह र रक्षा मन्त्रालयले मिलाउने निर्णय भएको छ।
  • सरकारले घर गुमाएकालाई सुरक्षित स्थानमा राखेर खाने र बस्ने व्यवस्था मिलाउने तथा खानेपानी, विद्युत् र संचारको उपलब्धता सुनिश्चित गर्ने निर्णय गरेको छ।

१० भदौ, काठमाडौं । मन्त्रिपरिषद्को बैठकले गृहमन्त्री सुधन गुरुङलाई हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार दिएको छ ।

आज बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले यस्तो अधिकार दिएको हो ।

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार रसुवा बाढीका कारण घाइते भएका र बिचल्लीमा परेका व्यक्तिहरूको तत्काल उद्धार गर्ने र सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने निर्णय भएको छ । यस कामको लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरको परिचालन गर्ने निर्णयल भएको छ ।

‘माननीय गृहमन्त्रीलाई उद्धारमा आवश्यक सबै साधन हेलिकप्टरसहित परिचालन गर्न निर्देशन दिने’ निर्णय भएको मन्त्री खनालले संसद्लाई जानकारी दिएका हुन् ।

उनका अनुसार घर÷निवास गुमाएका व्यक्तिहरूलाई सुरक्षित स्थनमा राखेर खाने र बस्ने व्यवस्था गृह मन्त्रालयले मिलाउने निर्णय भएको छ ।

साथै, खानेपानीको उपलब्धता र विद्युतको उपलब्धता, संचार सम्बन्ध स्थापित गर्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?