+
+
Shares

रसुवा बाढीले भन्सार यार्डमा ठूलो क्षति : महासंघ

महासंघ अन्तर्गत सदस्य संस्थामा आबद्ध केही सवारीसाधन व्यवसायी तथा मजदुरहरू सम्पर्कविहीन छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १६:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको टिमुरेमा चीनको तिब्बती भूभागबाट आएको बाढीले मालवाहक सवारीसाधन, यातायात व्यवसायी र मजदुरहरू प्रभावित भएको नेपाल ट्रक यातायात व्यवसायी महासंघले जनाएको छ।
  • महासंघका अनुसार टिमुरे भन्सार यार्डका मालवाहक सवारीसाधन बगेका छन् र बेत्रावतीमा पार्किङ गरिएका सवारीसाधनमा पनि क्षति पुगेको छ।
  • महासंघले सम्पर्कविहीन व्यवसायी र मजदुरलाई सम्बन्धित संस्था तथा सुरक्षा निकायसँग सम्पर्कमा जान र नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ。

१० भदौ, काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले रसुवाको टिमुरेमा चीनको तिब्बती भूभागबाट आएको बाढीले मालवाहक सवारीसाधन, यातायात व्यवसायी तथा मजदुरहरू प्रभावित भएको जनाएको छ ।

महासंघका अनुसार बाढीले टिमुरे भन्सार यार्डमा रहेका मालवाहक सवारीसाधन बगाएको छ भने बेत्रावती क्षेत्रमा पार्किङ गरिएका मालवाहक सवारीसाधनमा समेत ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

महासंघ अन्तर्गत सदस्य संस्थामा आबद्ध केही सवारीसाधन व्यवसायी तथा मजदुरहरू सम्पर्कविहीन रहेको भन्दै महासंघले सम्बन्धित संस्थासँग सम्पर्कमा रहन तथा सुरक्षा निकायको सम्पर्कमा जान आग्रह गरेको छ ।

बाढीको जोखिम अझै कायम रहेकाले नदी किनार तथा आसपास क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षा निकायले जारी गरेका निर्देशन पालना गर्न महासंघले यातायात व्यवसायी, मजदुर तथा सर्वसाधारणलाई अनुरोध गरेको छ ।

महासंघले विपद्को यस घडीमा उद्धार तथा जोखिम न्यूनीकरण कार्यमा आ–आफ्ना स्थानबाट सहयोग गर्नसमेत सबैमा अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?