+
+
Shares

चीनको तिब्बतमा पहिरोपछि आर्म्ड पुलिस परिचालन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोपछि आपतकालीन उद्धारका लागि पिपुल्स आर्म्ड पुलिसका १४५ जना परिचालन भएका छन्।
  • पहिरोका कारण जिरोङ काउन्टी जोड्ने सडक अवरुद्ध भएको छ र पोर्ट नजिकैका केही भवनहरू माटो र गेगरले पुरिएका छन्।
  • स्थानीय प्रशासनले जोखिममा परेका मानिसहरूलाई सुरक्षित स्थानमा सार्दै सैनिकहरूले बाटो खुलाउने र उद्धार कार्य तीव्र बनाएका छन्।

१० भदौ । चीनको तिब्बत स्वायत्त क्षेत्रमा पहिरोपछि आर्म्ड पुलिस परिचालन गरिएको छ ।

चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार, दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा पहिरोपछि आपतकालीन उद्धार कार्यका लागि पिपुल्स आर्म्ड पुलिसका १४५ जना अधिकृत तथा जवानहरू परिचालन भएका छन्।

जनमुक्ति सेनाको सिजाङ कोर्प्सबाट प्राप्त जानकारी अनुसार सिगात्सेका सैनिकहरूलाई सीमा क्षेत्रमा पठाइएको छ। नेपालतर्फ गएको पहिरोका कारण जिरोङ काउन्टी जोड्ने सडक अवरुद्ध भएको छ। ड्रोनबाट लिइएको दृश्यमा पोर्ट नजिकैका केही भवनहरू माटो र गेगरले पुरिएका देखिएका छन्।

सैनिकहरूले प्रभावित क्षेत्रमा बाटो खुलाउने र उद्धार कार्यलाई तीव्र बनाएका छन्। स्थानीय प्रशासनले जोखिममा परेका मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?