News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन शाहसँग फोन गरी रसुवा बाढीपछि नेपालमा भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेका छन्।
- मोदीले यस कठिन घडीमा भारतका जनता नेपालका दिदीबहिनी र दाजुभाइहरूसँग ऐक्यबद्धतामा रहेको र सम्भव भएसम्मको मानवीय सहायता उपलब्ध गराउन तयार रहेको बताएका छन्।
- मोदीले उद्धार र राहतका लागि भारतीय अधिकारीहरूले नेपाली सरकारी अधिकारीहरूसँग समन्वय गरिरहेको जानकारी गराएका छन्।
१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले फोन संवाद गरेका छन्। मोदीले बालेनलाई फोन गरेर रसुवा बाढीपछि नेपालमा भएको क्षतिबारे जानकारी लिएर समवेदना व्यक्त गरेका हुन्। उनले अहिलेको कठिन घडीमा भारतका जनता नेपालीहरूको साथमा रहेको उल्लेख गरेका छन् ।
‘प्रधानमन्त्री बालेन्द्र साहसँग कुराकानी गरी नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरें। यस कठिन घडीमा भारतका जनता नेपालका आफ्ना दिदीबहिनी तथा दाजुभाइहरूसँग ऐक्यबद्धताका साथमा छन्, ‘बालेनसँगको संवादपछि मोदीले भनेका छन्, ‘भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार छ।’
मोदीले उद्धार र राहतका लागि भारतीय अधिकारीहरूले नेपाली सरकारी अधिकारीहरूसँग समन्वय गरिरहेको पनि जानकारी गराएका छन्।
प्रतिक्रिया 4