+
+
Shares

विदेशी विनिमय सञ्चिति २३ महिनाको आयात धान्न पर्याप्त

२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४५.६ प्रतिशत वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १८:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड पुगेको छ र २३ महिनाको वस्तु आयात धान्न पर्याप्त छ।
  • गत आवमा कुल विदेशी विनिमय सञ्चिति ४५.६ प्रतिशतले बढेर अमेरिकी डलरमा २५ अर्ब ३१ करोड पुगेको छ, जसमा राष्ट्र बैंकको सञ्चिति ३४ खर्ब ७३ अर्ब १९ करोड छ।
  • २०८३ असार मसान्तमा मुलुकको खुद वैदेशिक सम्पत्ति र दायित्व १८ खर्ब १६ अर्ब ७४ करोडले बचतमा रहेको केन्द्रीय बैंकले जनाएको छ।

१० भदौ, काडमाडौं । कुल विदेशी विनिमय सञ्चिति २३ महिनाको वस्तु आयात धान्न पर्याप्त छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड पुगेको हो ।

२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४५.६ प्रतिशत वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ ।

गत आवको विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा २९.८ प्रतिशत वृद्धि भई २५ अर्ब ३१ करोड पुगेको छ । २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड डलर बराबर थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८३ असार मसान्तमा ४३.८ प्रतिशत वृद्धि भई ३४ खर्ब ७३ अर्ब १९ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८३ असार मसान्तमा ६१.४ प्रतिशत वद्धि भई ४ खर्ब २४ अर्ब ४८ करोड कायम भएको छ ।

२०८३ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

गत आव २०८२/८३ को आयात आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २३ महिनाको वस्तु आयात र १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ ।

२०८३ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन (जीडीपी), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमश: ६३.८ प्रतिशत, १६३.४ र ४३.८ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । २०८२ असार मसान्तमा उक्त अनुपात क्रमश: ४३.८, १२८.१ र ३४.१ प्रतिशत थिए ।

२०८३ असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति ४२ खर्ब ६२ अर्ब ८४ करोड तथा दायित्व २४ खर्ब ४६ अर्ब १० करोड छ । फलस्वरूप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति १८ खर्ब १६ अर्ब ७४ करोडले बचतमा छ ।

२०८२ असार मसान्तमा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ७ खर्ब ७९ अर्ब ७७ करोडले बचतमा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?