+
+
Shares

सेवा आय घाटामा १६ अर्बको सुधार

अघिल्लो वर्ष खुद सेवा आय ९० अर्ब ३० करोडले घाटामा थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १९:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आर्थिक वर्ष २०८२/८३ मा खुद सेवा आय ७३ अर्ब ६० करोड रुपैयाँले घाटामा रहेको छ, जुन अघिल्लो आवभन्दा १६ अर्ब १० करोडले कम हो ।
  • गत आव भ्रमण आय १.५ प्रतिशतले बढेर ९० अर्ब ५ करोड पुगेको छ, जबकि भ्रमण व्यय ६.५ प्रतिशतले घटेर २ खर्ब ९ अर्ब १० करोड कायम भएको छ ।
  • भ्रमण व्ययमध्ये शिक्षातर्फ १ खर्ब ४१ अर्ब ९२ करोड खर्च भएको छ, जुन अघिल्लो वर्षको १ खर्ब ३८ अर्ब ४८ करोडभन्दा बढी हो ।

१० भदौ, काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा खुद सेवा आय ७३ अर्ब ६० करोड रुपैयाँले घाटामा छ । यो घाटा अघिल्लो आवको तुलनामा १६ अर्ब १० करोडले थोरै हो ।

अघिल्लो वर्ष खुद सेवा आय ९० अर्ब ३० करोडले घाटामा थियो । सेवा खाता अन्तर्गत गत आवमा भ्रमण आय १.५ प्रतिशतले वृद्धि भई ९० अर्ब ५ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आय ८८ अर्ब ७१ करोड थियो ।

गत आव सेवा खाता अन्तर्गत भ्रमण व्यय ६.५ प्रतिशतले कमी भई २ खर्ब ९ अर्ब १० करोड कायम भएको छ । यसमध्ये शिक्षातर्पmको व्यय १ खर्ब ४१ अर्ब ९२ करोड छ ।

अघिल्लो वर्ष भ्रमण व्यय २ खर्ब २३ अर्ब ७२ करोड रहेकोमा शिक्षातर्फको व्यय १ खर्ब ३८ अर्ब ४८ करोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?