+
+
Shares

रसुवा बाढी : हालसम्म ७२ जनाको शव भेटियो

सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीका कारण हालसम्म ७२ जनाको शव भेटिएकाे छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १९:४५

१० भदौ, काठमाडौं । रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या ७२ पुगेको पुष्टि भएको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीका कारण हालसम्म ७२ जनाको मृत्यु पुष्टि भइसकेको छ ।

सशस्त्रले दिएको तथ्यांक अनुसार सबैभन्दा बढी चितवनमा २८ जनाको शव फेला परेको छ । जसमा ५ जना महिला, १३ जना पुरुष र लैंगिक पहिचान खुल्न नसकेका १० जना छन् ।

यस्तै १८ जनाको शव धादिङमा फेला परेको छ । जसमा ११ जना महिला, पाँच जना पुरुष र २ जना लैंगिक पहिचान खुल्न नसकेका शव छन् ।

यस्तै, नुवाकोटमा ११ जनाको शव फेला परेको छ । जसमा ५ महिला र ६ पुरुष रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

यस्तै, २ महिला, ४ पुरुष, ३ पहिचान नखुलेकासहित ९ जनाको शव गोरखामा फेला परेको छ ।

यस्तै, तनहुँमा २ पुरुष, १ बालिका र एक बालक गरी ४ जनाको शव फेला परेको छ ।

यस्तै, पूर्वी नवलपुरमा एक बालिका र रसुवामा एक पुरुषको शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?