+
+
Shares

रसुवा बाढी प्रभावित क्षेत्रमा ८ ट्रक राहत सामग्री पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते ६:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका आठ ट्रकमार्फत करिब आठ टन राहत सामग्री पठाइएको छ।
  • राहत सामग्रीमा ५०० मच्छरदानी, एक हजार बालबालिकाका डिग्निटी किट, २२० स्लिपिङ ब्याग, ५०० कम्बल र १०० त्रिपाल छन्।
  • गृहमन्त्री सुधन गुरुङको प्रत्यक्ष निगरानीमा सामग्री व्यवस्थापन र ढुवानी गरिएको तथा सरकारले उद्धार, राहत र पुनर्स्थापनाका काम तीव्र पारेको जनाएको छ।

११ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका आठ वटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री पठाइएको छ ।

सेनाका ती सवारीमा गएराति नै प्रभावित क्षेत्रतर्फ पठाइएको हो ।

प्रभावित क्षेत्रमा पठाइएका सामग्रीमा ५०० थान मच्छरदानी, एक हजार थान बालबालिकाका डिग्निटी किट, २२० थान स्लिपिङ ब्याग, ५०० थान कम्बल, १० थान प्लास्टिक सिट, १०० थान त्रिपाल, ५०० थान सोलार बत्ती, ५०० थान सोलार बत्तीका प्लेट र ३० केभिए क्षमताको एक थान जेनेरेटरलगायत छन् ।

बाढी प्रभावित नागरिकलाई तत्काल राहत तथा मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले आवश्यक सामग्री नेपाली सेनाका ट्रकमार्फत राति नै प्रभावित क्षेत्रतर्फ पठाइएको हो ।

बाढीका कारण जनजीवन प्रभावित भइरहेका बेला राहत सामग्री तत्काल प्रभावित क्षेत्रमा पुर्‍याउने उद्देश्यले गृहमन्त्री सुधन गुरुङको प्रत्यक्ष निगरानीमा सामग्री व्यवस्थापन तथा ढुवानी गरिएको हो ।

सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?