News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली सेनाले आज बिहान रसुवाको टिमुरेबाट १०५ जनालाई सकुशल उद्धार गरेको छ।
- उद्धार गरिएकामध्ये ६ जना विदेशी पर्यटक रहेका छन्।
- मैलुङ हाइड्रोपावरको ३ ए टनेलबाट ७ जना नेपाली नागरिकलाई पनि सफलतापूर्वक इभाकुएसन गरिएको छ।
११ भदौ, काठमाडौं । रसुवाको टिमुरेबाट १०५ जनाको सकुशल उद्धार भएको छ ।
नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट १०५ जनालाई सकुशल उद्धार गर्न सफल भएको हो । उद्धार गरिएकामध्ये ६ जना विदेशी पर्यटक रहेका छन् ।
यसै क्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक इभाकुएसन गरिएको छ ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार मैलुङ हाइड्रोपावरको ३ ए टनेलबाट उनीहरूको उद्धार भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4