+
+
Shares

कालीकोटमा पहिरोबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १०:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीकोटको नरहरिनाथ गाउँपालिका–५ कालाखोला नजिक पहिरोमा परेर ४५ वर्षीय दुर्गबहादुर सहकारीको बिहीबार बिहान घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
  • सहकारी घट्टमा पिठो पिसेर घर फर्किने क्रममा सडकभन्दा माथिबाट खसेको ढुंगा–माटोसहितको पहिरोमा परेका थिए।
  • मृतकको शव आफन्तले घरमा ल्याइसकेका छन्।

११ भदौ, सुर्खेत । कालीकोटमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–५, रुक्सा गाउँका ४५ वर्षीय दुर्गबहादुर सहकारी रहेका छन् । उनको बिहीबार बिहान पहिरोमा परी मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

प्रहरीका अनुसार सहकारी बिहान घट्टमा पिठो पिसेर घर फर्किने क्रममा नरहरिनाथ गाउँपालिका–५ स्थित कालाखोला नजिकै सडकभन्दा माथिबाट खसेको ढुंगा–माटोसहितको पहिरोमा परेका थिए ।

पहिरोमा परी गम्भीर घाइते भएका सहकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव आफन्तले घरमा ल्याइसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?