News Summary
Generated by OK AI. Editorially reviewed.- वायुसेवा संचालक संघले अत्यधिक चापका कारण सस्तो दरका हवाई टिकट सकिए पनि कम्पनीहरूले साविककै भाडादरमा टिकट बिक्री भइरहेको बताएको छ।
- संघले सरकारले तोकेकोभन्दा बढी भाडा नलिएको स्पष्ट गर्दै मानवीय तथा सामाजिक उत्तरदायित्व भित्र टिकट बिक्री भइरहेको जनाएको छ।
- संघका अनुसार विपद्को समयमा निजी हेलिकप्टर कम्पनीहरूले खोज तथा उद्धार, राहत सामग्री र सुरक्षाकर्मी पुर्याउने कामलाई प्राथमिकता दिएका छन्。
११ भदौ, काठमाडौं । वायुसेवा संचालक संघले अत्यधिक चापका कारण सस्तो दरका हवाई टिकट सकिए पनि कम्पनीहरूले साविककै भाडादरमा हवाई टिकट बिक्री भइरहेको बताएको छ ।
कम्पनीहरूले सरकारले तोकेको भन्दा बढी भाडा नलिएको स्पष्ट पार्दै संघले मानवीय तथा सामाजिक उत्तरदायित्व भित्र रही साविककै भाडादर कायम गरि टिकट बिक्री भइरहेको बताएको छ ।
संघका अनुसार विपद्को समयमा निजी हेलिकप्टर कम्पनीहरूले खोज तथा उद्धारलाई प्राथमिकता दिएका छन् । अत्यावश्यक सामग्रीको आपूर्ति, राहत सामग्री र उद्धारमा खटिने सुरक्षाकर्मीलाई सम्बन्धित स्थानमा पुर्याउने काममा निजी हेलिकप्टरहरू खटिएको संघले उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4